गैँडाकोटमा लागुऔषधसहित दुईजना पक्राउ

गैँडाकोट, ११ माघ । प्रहरीले लागुऔषध सहित २ जना पक्राउ गरेको छ । भैरहवाबाट काठमाण्डौ जादै गरेका शुक्लागण्डकी नगरपालिकाका दुई जनालाई लागुऔषधसहित प्रहरीले गैँडाकोटमा पक्राउ गरेको हो ।
भैरहवाबाट काठमाण्डौ जादै गरेको लु १ ख ७८२३ नं.को बसको गैँडाकोट नगरपालिका वडा नं. २ नारायणी पुल नजिकै राजमार्गमा प्रहरीले सवारीसाधन जाँच गर्ने क्रममा २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तनहुँ शुक्लागण्डकी नगरपालिका ५ बस्ने वर्ष २६ का सुजन शाही र तनहुँ शुक्लागण्डकी नगरपालिका २ बस्ने २४ बर्षीया प्रविना रानामगर रहेको नवलपुर प्रहरीले जनाएको छ ।
शाहीले बोकेको झोलामा लुकाई छिपाई राखेको अवस्थामा डाईजापाम ४४ एम्पुल, नुफिन ४४ एम्पुल, फेनरागन ४६ गरी जम्मा १३४ एम्पुल लागुऔषध फेला पारिएको प्रहरीको भनाई छ । पक्राउ परेका दुवैमाथी “लागु औषध नियन्त्रण ऐन २०३३” बमोजिम थप अनुसन्धान भईरहेको छ ।
तपाइँको प्रतिक्रिया