जसपाका यादवद्वारा उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

काठमाडौँ, २७ फागुन । जसपा नेपालका रामसहाय प्रसाद यादवले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
यादव शनिबार संसद् भवनस्थित उपराष्ट्रपतिको लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
यादवको प्रस्तावकमा अशोककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी रहेका छन् । त्यस्तै, उनको समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी रहेका छन् ।
तपाइँको प्रतिक्रिया