गैँडाकोट महोत्सवमा भोलि पशुपति शर्मा आउने

गैँडाकोट, २७ फागुन । गैँडाकोटमा जारी महोत्सवको आठौं दिन अर्थात आइतबार चर्चित राष्ट्रिय लोक दोहोरि गायक पशुपति शर्मा आउने भएका छन् । साथै आइतबार नै महोत्सवमा चर्चित ¥यापर मिस्टर डि, गायिका सर्मिला वि.सी पनि आउने भएका छन् । भोली नै झापाबाट आएका चर्चित डान्सरहरुको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा गत आइतबारदेखि सुरु भएको प्रथम गण्डकी प्रदेश स्तरिय औधोगिक व्यापार मेला २०७९ मा हरेक दिन रास्ट्रीय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहदैँ आएका छन् ।
महोत्सवमा बाल उद्यान, कृषि प्रदर्शनी, बालमैत्री सामग्री प्रदर्शनी, विज्ञान कला प्रदर्शनी, सिकाइ प्रदर्शनीहरू रहेको छ ।
तपाइँको प्रतिक्रिया