मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्थाको २६औँ बार्षिक साधारणसभा सम्पन्न

गैँडाकोट, २७ फागुन । मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्थाको २६ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
मुुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्थाको दाना उद्योगको प्राङ्गणमा भएको कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख अधिकारीले किसानलाई दुधमा दिने अनुदानमा नगरमा छलफल भइरहेको बताउनुभयो । उहाँले किसानको समस्या समाधान गर्न नगर सधैँ तयार रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै मुुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष गोपाल श्रेष्ठले नगरले दुधको मुल्यमा नगरपालिकाले अनुदान दिएमा राहत हुने बताउनुभयो ।
कार्यक्रममा गैँडाकोट ११ का वडा अध्यक्ष गोविन्द सुवेदी, मुुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्थाका पूर्व अध्यक्ष रुद्र सुवेदी, पूर्व उपाध्यक्ष हरीभक्त न्यौपाने, अमर बचत तथा ऋण सहकारी संस्थामा अध्यक्ष कुलप्रसाद अधिकारी, खरिपाटी डेरीका प्रबन्ध सहकारी संस्थाका प्रबन्ध निर्देशक विश्वराम खड्का लगायतले संस्थाले गरेको काम प्रशंशायोग्य रहेको बताउदै आगामी दिनमा गुणस्तरीय दाना उत्पादनमा जोड्दिनुपर्ने बताउनुभएको थियो ।
मुुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्थाको प्रगति प्रतिवेदन सचिव लोकप्रसाद उपाध्यायले प्रस्तुत गर्नुभएको थियो भने आर्थीक प्रतिवेदन कोषाध्यक्ष नन्दलाल पाध्यले प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका सचिव लोकप्रसाद उपाध्ययले सहजिकरण गर्नुभएको कार्यक्रममाउपाध्यक्ष प्रेमबहादुर क्षेत्रीले उपस्थित सम्पुर्णलाई स्वागत गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया