रामसहाय यादवको उम्मेदवारी बदर भएन, प्रमिला यादवको उम्मेवारीबारे छलफल जारी

काठमाडौं, २८ फागुन । उपराष्ट्रपतिमा चारैजनाको उम्मेदवारी कायमै रहेको छ । रामसहाय यादवको उम्मेदवारी बदर नभएको भन्दै आयोगले अब चारैजनाको उम्मेदवारी कायमै रहने जनाएको हो ।
यादवले शनिबार उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेका थिए । दर्तापछि उनीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको थियो ।
उजुरीमाथि जाँचबुझ गर्दै निर्वाचन अधिकृतको कार्यालयले यादवको उम्मेदवारी कायम राख्ने निर्णय गरेको हो।
यता जसपाकै उपराष्ट्रपतिका उम्मेदवार प्रमिलाकुमारी यादवको उम्मेदवारी फिर्ता गर्ने वा कायमै राख्नेबारे जसपाले छलफल थालेको छ ।
यादवसहित उपराष्ट्रपति पदमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जनमत पार्टीकी ममता झा र प्रमिला कुमारी यादवबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
तपाइँको प्रतिक्रिया