कर्मचारीमा कोरोना संक्रमण भएपछि गैँडाकोट वडा २ को कार्यालय बन्द

गैँडाकोट, ११ माघ । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गैँडाकोट नगरपालिका वडा नं.२ को कार्यालय केहिदिनका लागि बन्द भएको छ ।
वडा कार्यालयमा कार्यरत सबै कर्मचारीमा कोरोना संक्रमण भएपछि कार्यालय केहिदिनका लागि बन्द गर्नुपरेको हो ।
वडाले सोमबार सामाजिक सञ्जाल मार्फत एक सूचना जारी गरी कर्मचारीहरुमा कोरोना संक्रमण भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयबाट दिईने सबै सेवाहरु बन्द गरिएको र अत्यावश्क कामहरु परे नगरपालिका कार्यालयबाट समेत गर्न वडाबासीमा अनुरोध गरेको छ ।
तपाइँको प्रतिक्रिया