‘राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठान’को अध्यक्षमा बजगाई निर्विरोध

काठमाडौं, २८ फागुन । ‘राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठान’को अध्यक्षमा संगीतकार राजेन्द्र बजगाई निर्वाचित भएका छन् । शनिबार राजधानीमा सम्पन्न प्रतिष्ठानको पहिलो साधारण सभाबाट बजगाई दुई वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् ।
जसअन्र्तगत उपाध्यक्षमा मोडल उषा उप्रेती, महासचिवमा संगीतकार दिपक शर्मा, सचिवमा गायिका सुजाता केसी, कोषाध्यक्षमा गायक नारायण बहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा भद्र बहादुर वली, महेन्द्र चन्द ९माइकल०, भुवन बहादुर नेपाली, पुस्कर सुनुवार, गायिका रिता केसी, उत्तमप्रसाद अधिकारी, शिलन लम्साल, मनोज परियार, नवराज उप्रेति, सबिन सुवेदी, बेनिस पौडेल र प्रतिक्षा काफ्ले निर्विरोध निर्वाचित भएका हुन् ।
तपाइँको प्रतिक्रिया