आईसीसी विश्वकप लिग–२ : युएईमाथि नेपालको सानदार जित

काठमाडौँ, २८ फागुन । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध सातौंं सफलता हात पारेको छ ।
सन् २०१८ मार्च १५ मा पहिलोपटक एकदिवसीय मान्यता पाएको नेपालले थप चार वर्षका लागि एकदिवसीय टिमको रुपमा खेल्न पाउने भएको छ।
आइसिसी विश्वकप लिग-२ अन्तर्गत आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको महत्वपूर्ण खेलमा युएईलाई १७७ रनले पराजित गर्दै नेपालले आफ्नो एकदिवसीय मान्यता कायमै राखेको हो।
नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले १८ औं ओभरमा आफ्नो सातौं विकेट गुमाएको हो ।
नेपालका सन्दीप लामिछानेले १८ औं ओभरको तेस्रो बलमा जावार फारिदलाई बोल्ड आउट गराए । फारिदले २ रन बनाए ।
यसअघि नेपालका लागि ललित राजवंसीले छैटौं विकेट लिएका थिए ।
तपाइँको प्रतिक्रिया