गैँडाकोट महोत्सवमा भोलि चर्चित गायिका अस्मिता अधिकारीको बेजोड प्रस्तुती रहने

गैँडाकोट, २८ फागुन । गैँडाकोटमा जारी महोत्सवको नवौँ दिन अर्थात सोमबार चर्चित गायिका अस्मिता अधिकारी आउने भएकी छन् । साथै भोलि नै महोत्सवमा गायिका अनुराधा मगर र राशि रिजाल पनि आउने भएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा गत आइतबारदेखि सुरु भएको प्रथम गण्डकी प्रदेश स्तरिय औधोगिक व्यापार मेला २०७९ मा हरेक दिन रास्ट्रीय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहदैँ आएका छन् ।
महोत्सवमा बाल उद्यान, कृषि प्रदर्शनी, बालमैत्री सामग्री प्रदर्शनी, विज्ञान कला प्रदर्शनी, सिकाइ प्रदर्शनीहरू रहेको छ ।
तपाइँको प्रतिक्रिया