शीतल निवासबाट विदा भइन् निवर्तमान राष्ट्रपति भण्डारी

काठमाडौं, २९ फागुन । राष्ट्रपति निवास शीतलनिवासबाट निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार बिदाई गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ लिएसँगै राष्ट्रपति भण्डारीको बिदाइ गरिएको हो।
उनलाई नेपाली सेनाले २१ टोपको सलामी दिएर बिदाइ गरिएको छ। उनी आज बालुवाटारस्थित छोरीको घरमा सर्ने तयारी रहेको स्रोतले जनाएको छ।
बूढानिलकण्ठ नगरपालिका वडा नम्बर २ चपलीस्थित भण्डारीको घरमा मर्मतको काम भइरहेको हुँदा उनी छोरीको घरमा सर्न लागेकी हुन्।
तपाइँको प्रतिक्रिया