आँशु पुछ्दै सन्दीपले भने-‘नेपालका लागि खेल्न पाउनु मेरो भाग्य’

काठमाडौं, २९ फागुन । पाटन उच्च अदालतले धरौटीमा छोडेपछि टिममा फर्किएका सन्दीप लामिछाने म्यान अफ दि म्याच भएका छन् ।
पपुवा न्यूगिनीविरुद्धको म्याचमा स्पिनर सन्दीप लामिछाने म्यान अफ दि म्याच भएका हुन् ।
म्याच अफ द म्याचको अवार्ड लिएपछि सन्दीप भावुक बनेका थिए । उनले आँशु पुछ्दै नेपालका लागि खेल्न पाउनु आफ्नो भाग्य रहेको बताए । ‘भविष्यमा पनि म आफ्नो देशका लागि योगदान दिन चाहन्छु,’ उनले भने ।
पाटन उच्च अदालतले धरौटमिा छोडेपछि टिममा फर्किएका सन्दीप उच्च फर्ममा छन् । त्यसयता लगातार विकेट लिइरहे पनि म्यान अफ दि म्याच भने पहिलोपटक भएका हुन् ।
तपाइँको प्रतिक्रिया