सुवास नेम्वाङ बने एमाले संसदीय दलको उपनेता

काठमाडौं, २९ फागुन । एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन भएका छन् ।
सोमबार एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई उपनेतामा मनोनित गरेका हुन्।
उपाध्यक्ष नेम्वाङ राष्ट्रपतिका उम्मेदवार थिए। नेकपा एमालेबाट उम्मेदवार रहेका उनी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलसँग पराजीत भएका थिए। पौडेलले सोमबार नै राष्ट्रपतिको शपथ लिइसकेका छन्।
त्यसलगत्तै ओलीले नेम्वाङलाई उपनेता चयन गरेका हुन्।
तपाइँको प्रतिक्रिया