‘अहिले त डेमोक्रेसी भन्ने कहाँ छ र ? ’ : केपी ओली

काठमाडौं, ३० फागुन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले त डेमोक्रेसी भन्ने कहाँ छ र ? भन्दै प्रश्न गर्नुभएको छ ।
मंगलबार मानवअधिकार एलाइन्सको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले डेमोक्रेसी भनिए पनि साँचो अर्थमा डेमोक्रेसी नै नरहेको बताउनुभयो ।
‘अहिले त डेमोक्रेसी भन्ने कहाँ छ र ? गुटबन्दी र जालजेलमात्र छ । कसले प्रतिस्पर्धा गरेको छ ?’ ‘एमालेसँग प्रतिस्पर्धा गर्न कसले आँट गरेको छ ?’ उहाँले प्रश्न गर्नुभयो ।
ओलीले अहिलेको राजनीति भनेको गुटबन्दी र जालझेल भएको टिप्पणी गर्नुभएको छ ।
तपाइँको प्रतिक्रिया