नेपाल लघुवित्त बैंकर्स संघद्वारा गैँडाकोटमा वित्तिय साक्षरता राष्ट्रिय अभियान सञ्चालन

गैँडाकोट, १ चैत्र । नेपाल लघुवित्त बैंकर्स संघले गैँडाकोटमा वित्तिय साक्षरता राष्ट्रिय अभियान सञ्चालन गरेको छ । बुधबार नवलपुर भित्रका १३ वटा लघुवित्त संस्थाका लघुवित्तकर्मी एवं सदस्यहरुले गैँडाकोटको भृकुटी चेकदेखि फ्यामिलीक्याफेसम्म ¥याली निकालेका थिए ।
नेपाल लघुवित्त बैंकर्स संघको आयोजनामा भएको वित्तिय साक्षरता राष्ट्रिय अभियान कार्यक्रममा प्रमुख अतिथी गण्डकी प्रदेशसभा सदस्य महेन्द्रध्वज जिसीले आर्थिक लगानी गर्दा निकै सचेत हुनुपर्ने बताउनुभयो । लगानीकर्ताको लापरवाहीका कारण नै रकमको हिनामिना हुनेगरेको उल्लेख गर्दे उहाँले ऋणको प्रयोग गर्दा सचेत हुनुपर्ने बताउनुभयो ।
नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष निर्वतमान अध्यक्ष वसन्सराज लम्सालले कार्यक्रमको बारेमा जानकारी दिदै ऋणको प्रयोग गर्दा सचेत हुनुपर्ने बताउनुभएको थियो । लम्सालले आर्थिक अवस्था उकास्नको लागि संघ र सेवाग्राही जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले लघुवित्तले नियमविपरित कार्य गरे राष्ट्र बैंकले नियमन गर्ने बताउँदै अफवाहको पछि नलाग्न आग्रह गर्नुभएको थियो । उहाँले लघुवित्तले अहिले १५ प्रतिशत व्याज र १.५ प्रतिशत सेवा शुल्क लिएको जानकारी समेत दिनुभयो ।
कार्यक्रममा नेपाल लघुवित्त बैंकर्स संघका सचिव केशव पौडेलले महिलालाई क्रियाशिल बनाउने उद्धेश्यले लघुवित्तमा महिलालाई समावेश गरिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी, उपप्रमुख शान्ति कोइराला, विजय लघुवित्तका सञ्चालक खेमराज सापकोटा, कमला पन्त, राधिका उपाध्याय लगायतले लघुवित्तको बारेमा आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
नेपाल लघुवित्त बैंकर्स संघका सचिव केशव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा मउली लघुवित्तको शाखाप्रमुख एकनाथ कोइरालाले उपस्थित सम्पुर्णलाई स्वागत गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया