गैँडाकोट महोत्सव सम्पन्न, सात करोडको कारोबार

गैँडाकोट, १ चैत्र । “आर्थिक विकासको मुल आधार : कृषि, पर्यटन, उद्योग र व्यापार” भन्ने मूल नाराका साथ गैँडाकोटस्थित नारायणी नदी किनारमा १० दिनसम्म सञ्चालन भएको प्रथम गण्डकी प्रदेश स्तरिय औधोगिक व्यापार मेला महोत्सव बुधबार समापन भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजना तथा गण्डकीका सबै उद्योग वाणिज्य संघको सहयोगमा फागुन २१ गतेदेखि चैत्र १ गतेसम्म महोत्सव सञ्चालन भएकोे हो ।
बुधबार गण्डकी प्रदेशसभा सदस्य महेन्द्रध्वज जिसीले महोत्सवको समापन गर्नुभएको हो ।
महोत्सव अवधीभर ७० हजार दर्शकले अवलोकन गरेको आयोजकले दाबी गरेको छ। भने महोत्सवमा कुल ७ करोड बराबरको व्यापार भएको आयोजकले जानकारी दिएको छ ।
महोत्सवमा गण्डकी प्रदेशको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सुचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रर्वद्र्धन तथा बजारिकरण, प्रत्येक दिन सांगीतिक सांस्कृतिक कार्यक्रम, पप कन्सर्ट लगायतका कार्यक्रम सञ्चालन भएका थिए । महोत्सवमा ३ सय वटा स्टल राखिएको थियो ।
तपाइँको प्रतिक्रिया