उपराष्ट्रपति चुनावमा रास्वपाले ममता झालाई मत दिने

काठमाडौं, ३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने निर्णय गरेको छ।
उपराष्ट्रपति चयनका लागि संसद भवन, बावेश्वरमा मतदान भइरहेको छ ।
उपराष्ट्रपतिमा झासँगै जनता समाजवादी पार्टी (जसपा) का रामसहाय यादव र एमालेकी अष्टलक्ष्मी शाक्य पनि उम्मेदवार छन् ।
तपाइँको प्रतिक्रिया