उपराष्ट्रपति निर्वाचन मतदान सकियो, कति मत खस्यो ?

काठमाडौँ, ३ चैत्र । उपराष्ट्रपति निर्वाचनको मतदान सकिएको छ । शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो ।
मतदानमा ३११ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८२९ जनाले मतदान गरे । संघीय संसदका ३३४ जनामध्ये ३११ जनाले मतदान गरेका छन् । प्रदेशसभाका ५५० जनामध्ये ५१८ जनाले मतदान गरेका छन् । उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसदका २१ जना अनुपस्थित भएका थिए ।
मतगणनापछि शुक्रबार नै उपराष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ
तपाइँको प्रतिक्रिया