कोशी प्रदेश नामकरणको विरोध प्रदर्शन रोक्न मोरङमा निधेषाज्ञा

विराटनगर, ४ चैत्र। जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ ।
कोशी प्रदेश नामकरणपछि असन्तुष्ट जनाउँदै आएको जातीय र सांस्कृतिक पहिचान पक्षधरहरुले आइतबार वृहत प्रदर्शन गर्ने भए पछि जिल्ला प्रशासन कार्यालयले सम्भावित क्षति हुन सक्ने भन्दै निषेधाज्ञा जारी गरेको हो ।
कार्यालयले आइतबार बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म विराटनगरका केही स्थानहरूमा निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए।
कोशी प्रदेश नामाकरणको विरोधमा आइतबार बृहत प्रदर्शन गर्ने पहिचान पक्षधरहरूको तयारी छ। त्यसैलाई रोक्न प्रशासनले निधेषाज्ञा जारी गरेको हो।
तपाइँको प्रतिक्रिया