स्ववियु निर्वाचनको सबै तयारी पूरा

काठमाडौं, ४ चैत्र। भोलि (आइतवार) हुने स्ववियु निर्वाचनको सबै तयारी पूरा भएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।
चुनावको लागि शुक्रवारदेखि नै मौन अवधि सुरु भइसकेको छ ।
निर्वाचनलाई भयरहित बनाउनका लागि त्रिविले मोबाइल, पानीका बोतल, जार तथा घरेलु हातहतियार मतदान केन्द्रमा लैजान प्रतिबन्ध लगाएको छ ।
करिब १४ वर्षपछि त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु चुनाव हुन लागेको हो ।
अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली तथा उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् ।
तपाइँको प्रतिक्रिया