सात महिनामा साढे ४१ करोड रुपैयाँको काजु आयात

काठमाडौँ, ४ चैत्र । चालू आर्थिक वर्ष २०७९/८० को ७ महिनाको अवधिमा नेपालमा साढे ४१ करोड रुपैयाँको काजु आयात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि माघ महिनासम्मको अवधिमा उक्त मूल्यको काजु आयात भएको हो । यस अवधिमा ६लाख ३३ हजार किलोग्राम काजु आयात भएको तथ्यांकले देखाएको छ ।
काजु आयातकर्ताले यसबापत राज्यलाई २० करोड रुपैयाँ भन्सार राजश्व बुझाएका छन् ।
गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले विदेशबाट १ अर्ब १७ करोड रुपैयाँको काजु आयात गरेको थियो । उक्त अवधिमा नेपालमा १४ लाख किलोग्राम काजु भित्रिएको थियो ।
तपाइँको प्रतिक्रिया