एलिगन्ट किड्स मन्टेश्वरीका १७ बालबालिका दीक्षित

गैँडाकोट, ५ चैत्र । गैँडाकोटको एलिगन्ट किड्स मन्टेश्वरीमा दीक्षान्त कार्यक्रम एवं अभिभावक दिवस समारोह सम्पन्न भएको छ ।
गैँडाकोट नगरपालिका वडा नम्वर ५ स्थित रहेको उक्त मन्टेश्वरीले शनिबार अभिभावक दिवस समारोहको अवसरमा १७ जना बालबालिकालाई दीक्षित गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाकी उपप्रमुख शान्ति कोइराला, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रमन ढकाल, विद्यालयका प्रध्यान्याद्यापक गंगा ढकाल सापकोटा, गैँडाकोट नगरपालिका वडा नम्वर ५ की वडासदस्य शान्ति न्यौपाने लगायतले उनीहरुलाई दीक्षित गर्दै प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै गैँडाकोट नगरपालिकाकी उपप्रमुख शान्ति कोइरालाले बालबालिका काँचो माटो जस्तै रहेको बताउँदै उहाँले बालबालिकालाई सहि मार्गमा ल्यैजानको लागि मन्टेश्वरीले अहम भुमिका खेल्ने उल्लेख गर्नुभयो ।
यस्तै कार्यक्रममा विद्यालयका प्रध्यान्याद्यापक गंगा ढकाल सापकोटाले जुन आशा बोकेर यस विद्यालयमा आफ्नो नानीबाबुहरूलाई ल्याउनु भएको छ, त्यो भरोसालाई कायम राखीरहेको बताउनुभयो । उहाँले विद्यालयलाई उचाईमा पुर्याउन अभिभावकको माया र विश्वासले मात्र सम्भव भएको बताउँदै कार्यक्रममा सबै अभिभावकको उपस्थितीले खुसी छाएको बताउनुभयो । उहाँले विद्यार्थीले कार्यक्रममा देखाएको प्रतिभा तारिफयोग्य र लोभलाग्दो रहेको समेत उल्लेख गर्नुभएको थियो ।
शिक्षीका रचना पन्त र शारदा खत्रीले सञ्चालन गर्नुभएको कार्यक्रममा अभिभावकको तर्फबाट विमल घिमिरे, वडा नम्बर ५ की वडासदस्य शान्ति न्यौपाने लगायतले विद्यालयको प्रगतीको शुभकामना व्यक्त गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया