कोशी नाम खारेज गर्नुपर्ने माग गर्दै प्रदर्शन : प्रहरीद्वारा अश्रुग्याँस र हवाई फायर

विराटनगर, ५ चैत्र । प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा भएको प्रदर्शनमा झडप भएको छ ।
कोशी प्रदेशको नाम पुन: नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले विराटनगरको महेन्द्र चोकमा प्रदर्शन गरेको थियो ।
प्रदर्शनका क्रममा प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेको छ ।
प्रदेश नं. १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छेउ रोड शेषमा प्रदर्शनकारी पुगेका थिए ।
जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको थियो । उक्त क्षेत्रमा प्रदर्शनकारी जान खोजेपछि अश्रुग्याँस प्रहार गरिएको प्रहरीको दाबी छ । सो क्रममा केही राउन्ड हवाई फायर समेत भएको प्रदर्शनमा सहभागीले बताएका छन् ।
तपाइँको प्रतिक्रिया