एकीकृत समाजवादीको महासचिव बने घनश्याम भुसाल

काठमाडौं, ५ चैत्र । नेकपा एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल मनोनित भएका छन् ।
आइतबार पार्टी कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालयको बैठकले भूसाललाई महासचिव मनोनित गरेको हो । हालसम्म महासचिव रहेका बेदुराम भूसाललाई भने उपाध्यक्ष मनोनित गरिएको छ ।
एमाले छाडेर स्वतन्त्र लडेका घनश्याम चुनावमा पराजित भएपछि नेकपा एसमा लागेका थिए ।
तपाइँको प्रतिक्रिया