नेपाल दरै उत्थान समाज नवलपुरको अध्यक्षमा गौतम

गैँडाकोट, ५ चैत्र । नेपाल दरै उत्थान समाज जिल्ला कार्यसमिति नवलपुरको अध्यक्षमा गौतम दरै निर्वाचित हुनु भएको छ । गैँडाकोट ८ प्राकृतिक मन्दिरमा भएको पाँचौ जिल्ला अधिवेशनले गौतमका अध्यक्षतामा ११ नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा दिपक दरै, सचिवमा धिरज दरै, कोषाध्यक्ष राम माया दरै, सह सचिव अर्जुन दरै, सह कोषाध्यक्ष स्मुति दरै चयन हुनुभएको हो । यस्तै सदस्यहरुमा पारस बहादुर दरै, तिर्थ बहादुर दरै,भिम बहादुर दरै र पुनम दरै निर्विरोध निर्वाचित हुनु भएको छ ।
यस अघि औपचारीक कार्यक्रमलाई उद्घाटन गर्दै गैडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले दरैहरुको उत्थान, जीवनस्तर र भेषभुषाको लागि गैडाकोट नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मेयर अधिकारीले दरै कुमाल समुदायलाई नजिकको मित्र सम्झेर सहकार्य गर्दै आएको बताउनुभयो । उहाँले आफनो दरै समुदायलाई संस्कार संस्कृति जर्गेना गर्नुपर्नेमा जोड दिनु भयो ।
तपाइँको प्रतिक्रिया