रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन एमालेको माग

काठमाडौं, ५ चैत्र । नेकपा एमाले महासचिव शंकर पोखरेलले रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ ।
आइतबार पार्टीको कृषि तथा पशुपन्छी विकास विभागद्वारा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलन बोल्दै उहाँले नेपाली किसानहरूको संरक्षण र प्रोत्साहनका लागि रासायनिक मलको मूल्य घटाउन र अनुदान वृद्धि गर्न पनि सरकारलाई सचेत गराउनुभयो ।
एमाले नेतृत्वको सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने कामलाई अघि बढाएको उल्लेख गर्दै त्यसलाई गति दिन पनि पोखरेलले दबाब दिनुभयो ।
तपाइँको प्रतिक्रिया