गैँडाकोटमा मनाइयो वन डढेलो व्यवस्थापन सम्बन्धि जनचेतना सप्ताहव्यापि कार्यक्रम

गैँडाकोट, ६ चैत्र । गैँडाकोटमा वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि जनचेतनामुलक सप्ताह २०७९ को छैठौ मनाइएको छ।
डढेलोबाट हुने जन,वन,धनको क्षति न्युनिकरण लागि जनचेतना जागरण गर्ने अभिप्रायका साथ देशभर एकै पटक चैत्र १ गते देखि ७ गते सम्म डिभिजन वन कार्यालयले विभिन्न कार्यक्रमका साथ प्रदेश मन्त्रालय,वन निर्देशनालय र समुदायसंग समन्वय गरि प्रत्यक बर्ष वन डढेलो व्यवस्थापन जनचेतना सप्ताह कार्यक्रम सञ्चालन गर्ने वन तथा भु संरक्षण मन्त्रालयले परिपत्र गरेको थियो । जस अन्तर्गत “वन जंगलमा डढेलो लाग्न नदिऔ, लागि हालेमा सम्पूर्ण उपभोक्ता मिलि तुरुन्तै निभाऔ” भन्ने नाराकासाथ सप्ताहब्यापी रुपमा गैँडाकोटमा चैत्र १ गतेदेखी कार्यक्रम शुरु भएको हो ।
आज (सोमबार) छैठौ दिन जयश्री सामुदायिक वनको संयोजकत्वमा भृकुटीचोकदेखी सुरु भएको र्याली गैँडाकोट नगरपालिकामा कोणसभामा परिणत भएको थियो ।
उक्त कोणसभामा बोल्दै जयश्री सामुदायिक वनका अध्यक्ष टोलनाथ घिमिरेले गर्मीयाममा हुने डढेलोबाट हुनेगरेको क्षती रोक्न सामुदायिक वन, जनप्रतिनिधि, स्थानीय बासिन्दा सबैको, सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा सवडिभिवन फरेस्टर दिनेश केसीले वनजंगलमा लाग्ने डढेलोबाट हुने क्षती रोक्न सबै लाग्नुपर्ने बताउँदै यसमा आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मौलाकालिका सामुदायिक वनका कोषाध्यक्ष कमल कंडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा नन्दन सामुदायिक वन, नारायणी सामुदायिक वन, मौलाकालिका सामुदायिक वन र जयश्री सामुदायिक वन उपभोक्ता समितीका सदस्यहरुको उपस्थिती रहेको थियो ।
तपाइँको प्रतिक्रिया