अवको यो गठबन्धन ५ वर्ष टिक्छ : माधव नेपाल

काठमाडौं, ६ चैत्र । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यो गठबन्धन ५ वर्ष टिक्ने विश्वास व्यक्त गरेका छन् ।
आज प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्रस्ताव राखेका छन्। उक्त प्रस्तावमाथि छलफलका क्रममा अध्यक्ष नेपालले अब प्रधानमन्त्रीले विश्वासको मत लिनुनपर्ने बताए।
संसदमा बोल्ने क्रममा छोटो समयमा प्रधानमन्त्रीले विश्वासको मत लिइरहेको सन्दर्भ उठेको थियो। वैशाखमा फेरि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने अभिव्यक्ति आएपछि अध्यक्ष नेपालले त्यस्तो नहुने, गठबन्धन ५ वर्षसम्म टिक्ने बताए।
तपाइँको प्रतिक्रिया