NIDIS NEPAL को आयोजनामा गैँडाकोटमा अन्तर विद्यालय स्तरिय फुटबल प्रतियोगीता

गैँडाकोट, ६ चैत्र । NIDIS NEPAL को आयोजनामा गैँडाकोटमा सोमबार अन्तर विद्यालय स्तरिय फुटबल प्रतियोगीता भएको छ । आर्थिक अवस्था कमजोर भएका बालबालिकाका लागि सहयोगी बन्दै आएको NIDIS NEPAL ले सोमबार गैँडाकोट नगरपालिका भित्रका विद्यालयमा अध्ययनरत १७ वर्षमुनीका बालबालिकाबिच फुटवल प्रतियोगीता आयोजना गरेको हो ।
गैँडाकोट १५ स्थित खेलमैदानमा भएको खेलमा गैँडाकोट भित्रमा जनता माध्यमिक विद्यालय, अक्फोर्ड कलेज, सुर्योदय विध्या मन्दिर, लक्ष्मी माध्यमिक विद्यालय, वाइज भिजन इङिलस स्कुल, विजय सामुदायिक शिक्षा सदन, अमर ज्योती माध्यमिक विद्यालय, अमर इङिलस सेकेण्डरी बोर्डिङ स्कुल गरी ८ वटा विद्यालयले सहभागिता जनाएको थियो ।
जर्मनको stelps संस्थाले नेपालमा आयोजना गरिएका कार्यक्रमलाई विश्वमा परिचित गराउँने र प्राप्त रकमले नेपालमा आर्थिक अवस्था कमजोर भएका वालकालिकाको लागी खर्च गर्ने उद्धेश्यले यो प्रतियोगीको आयोजना गरिएको निडिजी नेपालका अध्यक्ष अशोक पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा गैँडाकोट नगरपालिकाकी उपप्रमुख शान्ति कोइराला, इलाका प्रहरी कार्यलय गैँडाकोटका प्रमुख प्रहरी निरिक्षक रिता पौडेल, गैँडाकोट गरपालिका वडा नम्बर १४ का अध्यक्ष कोकीसरा रानामगर, १५ का अध्यक्ष प्रेमराज तिमिल्सीना, १६ का अध्यक्ष विनोद मल्ल, १६ का अध्यक्ष गोपी कंडेल लगायतको उपस्थिती रहेको थियो ।
तपाइँको प्रतिक्रिया