सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ, ८ चैत्र । आज बेलुका ४ बजे ११ दलीय सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरु बसेर मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल गर्ने भएका हुन् ।
सत्ता साझेदार ठूलो दल कांग्रेसले ९ मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल सप्रचण्ड’ले कांग्रेसले ७ देखि ८, माओवादीले ४ देखि ५, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ देखि ४, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले २, नागरिक उन्मुक्ति, जनमत र लोकतान्त्रिक समाजवादी पार्टीले १ र स्वतन्त्र रूपमा जितेका सांसद प्रभु साह र अमरेशकुमार सिंहमध्ये एक जनाले मन्त्री पाउने प्रारम्भिक खाका अघि सारेका छन्।
आजको बैठकमा प्रधानमन्त्रीको यही खाकामाथि थप छलफल हुनेछ। प्रधानमन्त्रीको प्रस्तावलाई कांग्रेस र रास्वापाले स्वागत गरेका छन् भने अन्य दलहरूले चित्त बुझाएका छैनन्।
११ दलमध्ये सरकारमा कति दल सहभागी हुने भन्ने समेत टुंगो लागिसकेको छैन। प्रधानमन्त्री प्रचण्डले सदनमा विश्वासको मत लिइसकेपछि सरकारलाई पूर्णता दिने तयारी गरेका हुन्।
तपाइँको प्रतिक्रिया