मैले प्रधानमन्त्रीलाई पटक पटक भनेको छु, नागरिकलाई नतर्साउनुस् : गगन थापा

काठमाडौँ, ९ चैत्र । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नागरिकलाई तर्साउने काम नगर्न आग्रह गरेको बताएका छन् । बिहीवार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने
‘म साँच्चिकै डराएको छु, मैले प्रधानमन्त्रीलाई पटक पटक भनेको छु, नागरिकलाई नतर्साउनुस् ।’
थापाले प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने समेत बताएका छन् ।उनले प्रधानमन्त्रीले नागरिक तर्साउने कुरामा नलागी नागरिक र देश विकासका लागि कसरी अघि बढ्ने भन्नेतिर सोच्नुपर्ने बताए ।
प्रधानमन्त्रीले एक्लै बस्दा डराउनुपर्ने स्थिति सिर्जना हुनुले जनतामा नैराश्य बढ्ने थापाको भनाइ ।
उनले भने, ‘दिनमा कम्तिमा आधा घण्टा समय निकाल्नुहोस्, भेटघाट बन्द गर्नुहोस् र एक पटक सोच्नुहोस् । मसँग भएको एकएक क्षणको समयको कसरी प्रयोग गर्ने रु डराउनुस् । कुर्सीमा बसेको प्रधानमन्त्री डराउनुपर्ने बेला भएको छ । प्रधानमन्त्री डराउनुपर्छ । प्रधानमन्त्री डरायो भने बल्ल नागरिक पनि डरबाट मुक्त हुने अवस्था हुन्छ ।’
तपाइँको प्रतिक्रिया