विकु सहकारी संस्थाको शिलन्यास सेवाकेन्द्रको शुभारम्भ

गैँडाकोट, ९ चैत्र । विकू बचत तथा ऋण सहकारी संस्थाले गैँडाकोट नगरपालिका २ स्थित शिलन्यास चोकमा सेवाकेन्द्र स्थापना गरेको छ । विहीबारदेखि उक्त सेवा केन्द्रबाट सेवा शुभारम्भ गरेको हो ।
सेवा केन्द्रको शुभारम्भ गर्नुहुँदै गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले गरीव तथा विपन्न परिवारको आधार सहकारी बन्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएका अधिकारीले अधिक संख्यामा सहकारीको स्थापना भएपनि अधिकाशं सहकारीले जनतालाई लुट्ने माध्यम मात्र बनाएको बताउँदै विकु सहकारी सबैको प्रिय बन्न सकोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष ओम प्रसाद सापकोटाले विकु नेपालको सर्बोत्कृट बचत तथा ऋण सहकारी रहेको र नीति, विधि र प्रविधि नै विकुको सफलता भएको बताउनुभयो । उहाँले अहिलेसम्म सहकारीमा १ लाख २५ हजार सेयर सदस्य रहेको समेत उल्लेख गर्नुभयो ।
कार्यक्रममा गैँडाकोट नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सुरेन्द्रप्रसाद रेग्मी, वडा नम्बर २ का वडाध्यक्ष प्रकाश सापकोटा, सोही सहकारीका पुर्व अध्यक्ष इन्द्रराजज्योति पौडेल लगायतले सहकारीको उतरउत्तोर प्रगतीको शुभकामना व्यक्त गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया