फेरि बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १० चैत्र। नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढ्न गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ।
बिहीबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा किनबेच भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
तपाइँको प्रतिक्रिया