बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

हेटौँडा, १० चैत्र । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्।
माओवादी नेतृत्वको सरकारमा सहभागि भएको राप्रपाले केन्द्रीय समिकरणमा फेरबदल भएको भन्दै गत गत फागुन १३ गते बागमती प्रदेश सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएर सरकार छाडेको थियो ।
राप्रपाले सरकार छाडेपछि पुनः विश्वासको मत लिनुपर्ने भएपछि मुख्यमन्त्री जम्कट्टेलले आज विशवासको मतको लागि प्रदेशसभामा प्रस्ताव गरेका थिए ।
आज प्रदेश सभा बैठकमा उनले राखेको विश्वासको मत प्रस्तावका पक्षमा ६७ मत आएको छ भने विपक्षमा १७ मत मात्रै आएको छ।
७ जना सांसद भने तटस्थ बसेका छन्।
बागमती प्रदेश सभामा ११० जना सांसद छन्। आज जम्मा ९१ जना सांसद उपस्थित भएका थिए।
तपाइँको प्रतिक्रिया