गैँडाकोटमा सडकमै सडक सुरक्षा कार्यक्रम सञ्चालन

गैँडाकोट, १० चैत्र । गैँडाकोट नगरपालिका नगर युवा सञ्जालले सडकमै पुगेर सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । सवारी चालक, सहचालक र पैदल यात्रीहरुलाई ट्राफिक नियमसम्बन्धी सचेतना जगाउने उद्धेश्यले शुक्रबार गैँडाकोट नगरपालिका २ स्थित भृकुटीचोकमा एक कार्यक्रमको आयोजना गरि नगर युवा सञ्जाल गैँडाकोटले सडकमा सवारी साधन रोकी उक्त कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रम अस्थाई ट्राफिक प्रहरी पोष्ट गैँडाकोट, इलाका प्रहरी कार्यलय गैँडाकोट र सामुदायिक सेवा केन्द्रको सहयोगमा भएको थियो ।
नगर युवा सञ्जाल गैँडाकोटका अध्यक्ष रोसन दर्लामीले सडक सभ्यता तथा सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्धेश्यले यस्तो कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।
सचेतना कार्यक्रममा युवा र ट्राफिक प्रहरीले, सवारी साधन चलाउँदा हेलमेटको प्रयोग गरौं, सिट क्षमता भन्दा बढी यात्रु नचढाऔँ, मापसे प्रयोग नगरांै, ओभर स्पीड कम गरौं लगायत लेखिएका प्ले कार्ड बोकेका थिए ।
सचेतना कार्यक्रममा गैँडाकोट नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष प्रकाश सापकोटा, स्थानीय समाज सेवी, राजनितिज्ञ, सवारी चालक,सवारी धनि, र स्थानीयहरुको उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया