घट्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १३ चैत्र । नेपाली बजारमा सुन–चाँदीको मूल्य सोमबार घटेको छ।
गत कारोबार दिन अर्थात् आइतबार प्रतितोला छ सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला दुई सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा किनबेच भएको थियो।
तपाइँको प्रतिक्रिया