सवारी लाइसेन्स ७ दिनभित्रै दिने व्यवस्था गर्दैछौं : यातायातमन्त्री श्रेष्ठ

काठमाडौं, १३ चैत्र । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) कम्तीमा ३ दिनदेखि ७ दिनभित्र छपाइ गरेर दिने व्यवस्था गर्न लागिएको बताएका छन् । मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्उनले ८ महिनापछि यस्तो व्यवस्था लागु हुने पनि बताए ।
उनका अनुसार अहिले दैनिक ६ देखि ७ हजार लाइसेन्स छाप्नुपर्ने भएपनि ४ हजार मात्रै छाप्ने मेसिन यातायात व्यवस्था विभागसँग भएकाले समस्या भएको मन्त्री श्रेष्ठले बताए ।
अर्को प्रिन्टिङ मेसिन किन्न टेन्डर भइसकेको भन्दै उनले त्यो मेसिन आएपछि ब्याक लक फुकाउने बताए । यस्ता बाँकी लाइसेन्स छाप्न आउट सोर्स गर्न खोज्दा खरिद कानुन र विगतमा भएका निर्णयहरु बाधा बनेको उनले बताए ।
तपाइँको प्रतिक्रिया