गैँडाकोटको श्री सिद्धिदात्री दुर्गा मन्दिर कोटीहोममा खानेपानी आयोजनाको शिलन्यास

गैँडाकोट, १३ चैत्र । गैँडाकोट १० मा रहेको श्री सिद्धिदात्री दुर्गा मन्दिर कोटीहोममा खानेपानी आयोजनाको शिलन्यास भएको छ ।
सोमबार मन्दिर परिसरमा गैँडाकोट नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष देवीदक्त कण्डेल, कोटीहोम आश्रमका संरक्षक शान्तप्रसाद पोख्रेल, जिल्ला समन्वय समितीका सदस्य लिला पौडेल, खानेपानी आयोजना निर्माण समितीका संयोजक गोविन्द कोइराला र आश्रमका अध्यक्ष मनहरी कंडेलले संयुक्त रुपमा खानेपानीको शिलन्यास गर्नुभएको हो ।
कोटीहोम आश्रमका संरक्षक शान्तप्रसाद पोख्रेलको विशेष पहलमा कोटीहोममा खानेपानी आयोजना निर्माण हुन लागेको हो । संघिय खानेपानी ढल निकास आयोजनाको सहयोगमा आयोजना सम्पन्न हुनेछ । आयोजनाबाट मन्दिरमा गुरुकुलका विद्यार्थी र स्थानियलाई समेत लाभान्वीत हुनेछन् । सोमबार र्दुइ लाख लिटर पानी अट्ने एउटा ट्यांकी निर्माणको शिलन्यास गरिएको हो ।
सो अवसरमा बोल्दै वडाध्यक्ष देवीदक्त कंडेलले खानेपानी आयोजना निर्माण सम्पन्न गर्नका लागी सक्ने भुमिका वडाले निर्वाह गर्ने बताउनुभयो ।
सो अवसरमा खानेपानी निर्माण उपसमिती संयोजक गोविन्द कोइराला, जिल्ला समन्वय समितीका सदस्य लिला पौडेल, गुरुकुल पुस्ताकलय संयोजक नरहरी सापकोटा, मन्दिरका पुर्व अध्यक्ष चन्द्रदक्त जैशी, पुर्वअध्यक्ष पदमपाणी ढकाल, निर्माण उपसमिती संयोजक गोपालसींह थापा लगायतको उपस्थिती रहेको थियो ।
आश्रमका अध्यक्ष मनहरी कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा पिठाधिश योगी खेचरनाथले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया