मिटरब्याज पीडितसँग छलफल गर्न वार्ता टोली गठन

काठमाडौं, १४ चैत्र । काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका मिटर ब्याज पीडितसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ ।
गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सहसचिव रूद्रादेवी शर्मा संयोजकत्वमा वार्ता टोली गठन भएको हो।
समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा छन् ।
मंगलबार बिहान मिटरब्याजी पीडितहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुलाई भेट्ने भन्दै बालुवाटार पुगेका थिए। त्यसबीच गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माको टोली पुगेर उनीहरूसँग वार्ता गरेका थिए।
त्यसपछि अहिले पुनः वार्ता टोली गठन भएको हो।
तपाइँको प्रतिक्रिया