डा. प्रकाशशरण महत अर्थमन्त्री हुने निश्चित

काठमाडौँ, १४ चैत्र । डा. प्रकाशशरण महत अर्थमन्त्री हुने निश्चित भएको छ । सरकारमा सामेल हुन लागेको नेपाली कांग्रेसले डा. प्रकाशशरण महतलाई अर्थमन्त्रीमा पठाउने भएको हो । ८ मन्त्रालयसहित सरकारमा जान लागेको कांग्रेसले डा. महतलाई अर्थमन्त्री बनाउने निर्णय गरेको हो ।
आज सत्ता गठबन्धनको बैठक बसेर सरकार विस्तारबारे सहमति गर्ने तयारी छ । सहमति भएमा भोली (बुधबार) सम्म मन्त्रिमण्डल विस्तार हुने र अर्थमन्त्रीको जिम्मेवारी डा. महतले पाउने लगभग निश्चित भएको बताइएको छ ।
प्रमुख सत्ता घटक कांग्रेस र माओवादी केन्द्रबीच अर्थ मन्त्रालय कांग्रेसले लिने र गृह मन्त्रालय माओवादी राख्ने सहमति भएको छ । कांग्रेसभित्र अर्थमन्त्रीका लागि डा. मतलाई नै अघि सार्ने निर्णय भएको स्रोतले जनाएको छ ।
तपाइँको प्रतिक्रिया