मिटरब्याज पीडितको प्रदर्शनमा रवि लामिछाने पनि सहभागी

काठमाडौँ, १४ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्ने बताउनुभएको छ ।
११ दिन पैदल हिँडेर सर्लाहीबाट काठमाडौँ आइपुगेका पीडितहरुसँग भेट्दै उहाँले सरकारले तत्काल मिटरब्याज पीडितहरूको समस्या समाधान गर्नुपर्ने बताउनुभएको हो ।
पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहनुभएका लामिछानेले आफू सरकारमा हुँदा मिटरब्याजको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम थालेको र यसलाई समाधान गर्न कुनै ठूलो समस्या नरहेको बताउनुभयो।
सरकारले आर्थिक अवस्था कमजोर भएका मानिसहरूलाई पहिलो प्राथमिकतामा नराखेसम्म समस्याको समाधान हुन नसक्ने उहाँको भनाइ छ।
सभापति लामिछानेले मिटरब्याजको समस्यालाई राजनीतिकरण गर्न नहुने पनि बताउनुभयो । उहाँले मिटरब्याज पीडितहरुको मुद्दामा टेकेर आफ्नो पार्टीले राजनीतिको रोटी नसेक्ने भन्दै वास्तविक पीडितहरुको समस्या समाधान गर्ने बताउनुभयो ।
तपाइँको प्रतिक्रिया