प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा जेल चलान भएकाहरु धरौटीमा रिहा

काठमाडौं, १४ चैत्र। प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा जेल चलान भएका ३ जना मंगलबार रिहा भएका छन् ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्दा पक्राउ सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्का जेल चलान भएका थिए।
१२ चैतमा उनीहरुलाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए ।
धरौटी नबुझाएका कारण उनीहरुलाई केन्द्रीय कारागार पठाइएको थियो । मंगलबार धरौटी बुझाएर रिहा भएका जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी निरञ्जनदत्त भट्टले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया