माइतीघरमा आन्दोलन गर्नेहरुलाई खुलामञ्चमा राख्ने तयारी शंकास्पद : बालेन शाह

काठमाडौं, १४ चैत्र । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले खुलामञ्च आन्दोलनको निषेधित क्षेत्र नभएको बताउनुभएको छ । मंगलबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुल्लामञ्चमा राख्न गरिएको तयारी शंकास्पद रहेको बताएका हुन् ।
मेयर शाहले मिटर ब्याज पीडितहरुलाई शिविर होइन न्याय चाहिएको बताउँदै न्यायको अनुभुती दिलाएर घर फिर्ता पठाउनपर्ने समेत बताउनुभयो । उहाँले स्थानिय समस्याहरु स्थानिय सरकारबाट नै समाधान गर्नुपर्ने उल्लेख गर्दै केन्द्रमा आइसकेपछि जतीसक्दो छिटो समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
तपाइँको प्रतिक्रिया