गर्मीमा सर्पको जोखिम धेरै, सर्पको टोकाईबाट गैँडाकोटमा एक बालिकाको मृत्यु

गैँडाकोट, १६ चैत्र । गैँडाकोटमा सर्पको टोकाईबाट एक जना बालिकाको मृत्यु भएको छ ।
नगरपालिका वडा नम्बर १६ स्थित अमरापुरीमा डेरामा परिवार संग बस्दै आएकी ९ वर्षिया वालिका मनिसा आले मगरको बुधवार बिहान करेट सर्पको टोकाईबाट ज्यान गएको हो ।
वालिका आले मगरलाई सर्पदंश भएको समयमै यकिन नहुँदा तीन घण्टा पछि मात्र अस्पताल पुर्याइएको थियो । उनको समयमै उपचार हुन नपाउँदा ज्यान गएको हो ।
विषेश गरेर सर्पको मौसम भनेको चैतदेखि मङ्सिरसम्मलाई मानिन्छ । वर्षायाममा खोलानाला र पुलपुलेसामा पानीको सतह बढ्छ । बस्तीमा पनि जताततै पानी जमिरहेको हुन्छ । वर्षा र जमेको पानीका कारण सर्प, मुसालगायत जीवको प्राकृतिक बासस्थान भत्कन्छन् र विशेषगरी गर्मी महिनामा सर्प, मुसालगायत जीव बाहिर निस्किन्छन् । वर्षको आधा समय अर्थात् जाडो महिनाभर जमिनमुनि लुक्ने र गर्मीको ६ महिना बाहिर निस्किने भएकाले यी जीव मानिसको सम्पर्कमा आउँछन् । यसकारण गर्मी मौसममा सर्पलगायत जीवसँग सधैँ सजग रहनुपर्छ ।
सर्पले टोकेको कसरी चिन्ने ?
सधैँ मान्छेले देख्ने गरी मात्रै सर्पले टोक्छ भन्ने हुँदैन । कहिलेकाहीँ नदेखिने गरी पनि सर्पले टोक्न सक्छ । सर्पले टोकेको स्थानमा ससाना दुईवटा घाउ हुन्छन् । यस्तो देखिए सर्पले टोकेको अनुमान गर्दै उपचारमा लाग्नुपर्छ ।
सर्पले टोकेको थाहा पाएमा सकेसम्म सर्पलाई चिन्ने प्रयास गर्नुपर्छ । सर्पले डसेको व्यक्ति प्रायः अत्यन्त डराएको हुन्छ । त्यस्ता मानिसलाई सबैले सान्त्वना दिनुपर्छ । र, उसलाई सकेसम्म छिटो सर्पदंश उपचार केन्द्रसम्म लैजाने व्यवस्था मिलाउनुपर्छ । यसबीचमा सर्पले टोकेको भागलाई सकेसम्म कम चलाउनुपर्छ ।
तपाइँको प्रतिक्रिया