चितवन-२ उपनिर्वाचन : कांग्रेसले जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने

चितवन, १६ चैत्र । आगामी वैशाख १० गते चितवन-२मा हुने प्रतिनिधी सभा सदस्यका लागि उपनिर्वाचनमा नेपाली कांग्रेसले जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले चितवनका पूर्वजिल्ला सभापतिसमेत रहेका श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यसअघिका प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
तपाइँको प्रतिक्रिया