तनहुँ-१ उपनिर्वाचन : नेपाली कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार

तनहुँ, १६ चैत्र । तनहुँ-१ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा कांग्रेसले नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।
बिहीबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तनहुँ-१ मा भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
तनहुँ-१ मा यसअघि मंसिर ४ गते सम्पन्न निर्वाचनमा विजयी उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्र रिक्त भएको हो ।
तपाइँको प्रतिक्रिया