सम्मानजनक सहभागिता नगराए सरकारबाहिरै बस्छौं : कोइराला समूह

काठमाडौं, १७ चैंत्र । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले सरकारमा सम्मानजनक सहभागिता गराउनु पर्ने बताएका छन् । अन्यथा सरकारबाट बाहिरीने उनीहरुले बताए ।
१४ औं महाधिवेशनमा कोइराला पक्षबाट निर्वाचित पदाधिकारीमध्ये उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा र सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेलगायत बैठक बसेर सम्मानजनक सहभागिता हुनुपर्ने अडान राखेका हुन्।
‘हामीले सम्मानजनक सहभागिता हुनुपर्छ भनेर भनेका छौं,’ सहमहामन्त्री परियारले भने, ‘सम्मानजनक सहभागिता हुँदैन भने सरकारबाहिरै बस्ने हो।’
बैठकपछि नेता कोइरालाले सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि सम्मानजनक सहभागिता हुनुपर्ने सन्देश सुनाएको स्रोतको भनाइ छ।
तपाइँको प्रतिक्रिया