वनलाई संरक्षण गर्नमा महिलाको भूमिका महत्वपुर्ण : मौलाकालिका सामूदायिक वन

गैँडाकोट, १७ चैत्र । गैँडाकोटको मौलाकालिका सामूदायिक वन उपभोक्ता समूहले लेखापढी कानुनी परामर्श, उद्घोषण एवं सामुदायिक वनमा महिलाको भूमिका सम्बन्धी तिन दिने तालिमको आयोजना गरेको छ ।
सामूदायिक वनलाई कानुनी विधि र प्रक्रिया अनुसार संरक्षण गर्नका लागि र उद्घोषण कलामा उपभोक्तालाइ निपुर्ण गराउने उद्धेश्यले वनले तिन दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।
शुक्रबार तालिमको उद्घाटन समारोहमा बोल्दै मौलाकालिका सामूदायिक वन उपभोक्ता समुहका अध्यक्ष हरीप्रसाद सापकोटाले मौलाकालिका वनलाई संरक्षण गर्नमा महिलाहरुको भूमिका महत्वपुर्ण भएको बताउनुभयो । वनको संरक्षणको निम्ती वन व्यवस्थापन, डढेलो नियन्त्रण सम्वन्धी विषयमा ज्ञान प्रदान गर्ने उद्धेश्यले महिला उपभोक्तालाई यो तालिम प्रदान लागिएको बताउनुभयो । उहाँले विशेष गरेर गरीव तथा विपन्न सदस्यलाई तालिममा प्राथमिकता दिएको उल्लेख गर्दे वनको २० वटा उपभोक्ता समुहको टोलबाट २÷३ जनाको दरले सहभागिता गराएको बताउनुभयो ।
तालिमको उद्घाटन गर्दै डिभिजन वन कार्यालय नवलपुर डिभिजन वन अधिकृत मोहनराज काफ्लेले आफुमा भएको सिपला्रई सही सदुपयोग गर्न नसकेको कारण नै पछाडी पर्नुपरेको बताउनुभयो । यस तालिमले लुकेर बसेको क्षमतालाई उजागर गर्न मद्धत गर्ने उहाँको भनाई थियो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका काफ्लेले सिपलाई सकरी सदुपयोग गर्ने भन्ने विषय महत्वपुर्ण भएको उल्लेख गर्नुभयो । सामुदायिक वनलाई संरक्षण गर्नमा महिलाको भूमिका नै महत्वपुर्ण भएको भन्दै महिलालाई यस्तो तालिमको आवश्यकता भएको उहाँको भनाई थियो ।
तालिमको समुद्घाटन कार्यक्रममा गैँडाकोट नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सुरेन्द्रप्रसाद रेग्मी, २ का वडाध्यक्ष प्रकाश सापकोटा, महिला शसक्तिकरण उपसमिती संयोजक इन्दिरा शर्मा, वनका पुर्व अध्यक्ष एवं निवर्तमान सल्लाहकार संयोजक सालिकराम सापकोटा, पुर्व अध्यक्ष एवं निवर्तमान सल्लाहकार सदस्य धनबहादुर पौडेल, निवर्तमान अध्यक्ष एवं सल्लाहकार काशिनाथ कंडेल, नन्दर सामुदायिक वनका अध्यक्ष बालकृष्ण शर्मा, जयश्री सामुदायिक वनका अध्यक्ष टोलनाथ घिमिरे, नारायणी सामुदायिक वनका अध्यक्ष दिननाथ त्रिपाठी, हर्दिकेलादी सामुदायिक वनका अध्यक्ष भानु गुरुङ लगायतको उपस्थिती रहेको थियो ।
तपाइँको प्रतिक्रिया