गैँडाकोट नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

गैँडाकोट, १८ चैत्र । गैँडाकोट नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले आर्थिक बर्ष ०७९÷०८० मा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको हो ।
“हामी सबैको साझा अठोटः शान्त, समुन्नत, सुन्दर गैंडाकोट” भन्ने मुल नाराका साथ अघि बढिरहेको यस नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकले ढल र भल निकासको समस्यालाई दिर्घकालिन समाधान तर्फ नगरपालिकाले ध्यान दिनुपर्ने बताएका थिए । साथै नागरिकले स्वास्थ्य, शिक्षा, दमकलको व्यवस्थापन, कृषि र सुकुम्वासीको समस्यालाई पनि नगरपालिकाले समाधान गनुपर्नेमा ध्यानाकर्षण गराएका थिए ।
जनताको गुनासोको जवाफ दिदै गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले नारायणी तटबन्धन र सुकुमवासी समस्या समाधानका लागि काम अगाडि बढिरहेको उल्लेख गर्नुभयो । उहाँले दमकलको व्यवस्थापनका लागि देवचुली नगरपालिकासँग सहकार्य भएको र भृकुटी कागज कारखानाको व्यवस्थापनका बिषयमा छलफल भइरहेको बताउनुभयो । निशुल्क शिक्षाको लागि काम भइरहेको उहाँको भनाई थियो ।
यस्तै कार्यक्रममा गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुक्तिराम रिजालले नागरिकको समस्या र गुनासोको नगरपालिकाले संवोधन गर्दै आएको र आगामी दिनमा संवोधन हुने बताउनुभयो । उहाँले जनगुनासोको माध्यमबाट नै सेवाको गुणस्तर कायम गर्न मद्धत पुग्ने बताउँदै नगरपालिकाले सबैसँगको सहकार्यमा काम गर्दै जाने बताउनुभयो ।
गैंडाकोट नगरपालिकाका नगर प्रवक्ता शिवकान्त तिवारी, नेपाली काँग्रेस गैंडाकोट नगरपालिकाका नगर सभापति बद्री सापकोटा, नेकपा एमाले गैंडाकोटका नगर अध्यक्ष षडानन्द लामिछाने, नेकपा माओवादी केन्द्रका नगर कार्यावाहक अध्यक्ष प्रकाश अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टी गैंडाकोटका अध्यक्ष मिना शर्मा गौडेल, पूर्वाधार विकास समिति संयोजक प्रेम सापकोटा, आर्थिक विकास समिति संयोजक तेजप्रसाद घिमिरे, वन वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक प्रकाश सापकोटा, सुशासन तथा संस्थागत विकास सििम संयोजक गोपी कंडेल, न्यायिक समितिका जिज्ञासा सदस्य द्रोण वन सन्यासी, शिक्षा, युवा र खेलकुदका जिज्ञासा गैंडाकोट नगरपालिका शिक्षा शाखा प्रमुख डा. बालकृष्ण चापाँगाइ, विभिन्न सामाजिक व्यक्तित्व, राजनीतिकर्मी, युवा, टोल सञ्जालका प्रतिनिधि, जनप्रतिनिधि, कार्यपालिका सदस्य, वडाध्यक्ष र सदस्यहरु, नगरपालिकाका कर्मचारी, स्थानीय लगायतको उपस्थिती रहेको थियो ।
तपाइँको प्रतिक्रिया