भृकुटी कागज कारखाना तत्काल सञ्चालनमा ल्याउनुपर्छ : नेकपा बहुमत

गैँडाकोट, १८ चैत्र । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले गैँडाकोटको भृकुटी चोकमा राष्ट्रिय उद्योग संरक्षण अभियान सञ्चालन गरेको छ । ‘आत्मनिर्भर अर्थव्यवस्थाको जग खडा गरौँ ! राष्ट्रिय उद्योगहरूको संरक्षण, विकास र विस्तार गरौँ !’ भन्ने नारासहित नेकपा बहुमत पार्टीले अभियान सञ्चालन गरेको हो ।
सो अवसरमा बोल्दै पार्र्टीका केन्द्रीय संयोजक धर्मेन्द्र बासकोटा (कंचन)ले वर्तमान राज्य व्यवस्था र यसका मतियारहरूका कारण देशको अर्थतन्त्र कमजोर बन्दै गएको आरोप लगाउनुभयो । भ्रष्ट्राचारीहरुले देशका उद्योग कारखानाहरु बेचेर देशलाई कंकाल अवस्थामा पुर्याएको भन्दै उहाँले बच्चा जन्मीने वित्तीकै कुन देश जाने भनेर हिसाव गर्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो । जनताको आर्थिक समृद्धि उल्टो दिशातिर गइरहेको भन्दै वैदेशिक व्यापारघाटा हुनुमा राज्य नै दोषी रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा पार्टीका केन्दिय कार्यालय सदस्य एवं सो कार्यक्रमका अध्यक्ष उदय चलाउने (दिपक) ले भृकुटी काजग कारखाना तत्काल सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । कागज कारखाना सञ्चालनको लागि थुप्रै बैंकहरुबाट लोन लिइएपनि सञ्चालनमा ल्याउन नसकेको प्रति दुख व्यक्त गर्नुभयो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा भृकुटी कागज कारखाना बेचिएको उल्लेख गर्दै उहाँले नेपालका अधिकांश उद्योग कारखाना बेच्नमा नेपाली कांग्रेस पार्टीको ठुलो हात रहेको आरोप लगाउनुभयो । उहाँले राज्यद्वारा कौडीको भाउमा बेचिएका उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउन माग गर्नुभएको छ ।
नेकपा बहुमत पार्टीले यसअघि गत माघ ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई ४४ बुँदे ज्ञापनपत्र बुझाउँदै बिक्री गरिएका वा सञ्चालनमा नरहेका सबै उद्योग पुनः सञ्चालन गर्न माग गरेको थियो । त्यसो नगरिए आफूहरूले सञ्चालन गर्ने र त्यसमा जनताको सहयोग र सहभागिता रहने बताएको थियो ।
तपाइँको प्रतिक्रिया