कांग्रेसले बारा २ मा उपेन्द्र यादवलाई समर्थन गर्ने

काठमाडौं, १९ चैत। नेपाली कांग्रेसले बारा–२ मा जसपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले उपचुनाव हुने तीन वटै क्षेत्रमा गठबन्धनको साझा उम्मेदवारी बनाउने गरी बारा २ मा यादवलाई समर्थन गर्ने निर्णय गरेको हो ।
कांग्रेसले चितवन २ मा पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ ।
तपाइँको प्रतिक्रिया